web analytics

पुनर्वासका शिक्षकद्वारा आन्दोलन जारी

कञ्चनपुर, १० असोज
पुनर्वासका शिक्षकहरुले आन्दोलन जारी राखेका छ्न । पुनर्वास नगरपालिका भरीका सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षक, बाल विकास शिक्षक, पेन्सन वञ्चित शिक्षक, शिक्षण सिकाई अनुदान शिक्षक, विद्यालय कर्मचारीहरुले आफ्नो माग पूरा नभएको भन्दै आन्दोलन जारी राखेका हुन । उनीहरूले मंगलबारदेखि नगरपालिकाको प्राङ्गणमा भेला भई धर्ना र नाराबाजी गरीरहेका छ्न ।
सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकले आफुहरु अन्यायमा परेको भन्दै विभिन्न शिक्षक संगठनहरु नेपाल शिक्षक महासंघको नेतृत्वमा असोज ३ गतेदेखि काठमाडौ केन्द्रित आन्दोलनमा सहभागी भएका थिए । आन्दोलन तिब्र गतिमा अगाडी बढिरहेको अवस्थामा असोज ५ गते सरकार र महासंघ बिच ६ बुँदे सहमतिमा हस्ताक्षर भएको थियो तर सो सहमति धोका भएको र आफ्नो माग सम्बोधन नभएको भन्दै असन्तुष्ट शिक्षक संगठनहरुले आन्दोलन जारी राखेका छ्न ।
गत असोज ३ गतेदेखि काठमाडौको माईतिघर मण्डला र बानेश्वर क्षेत्रमा दैनिक रुपमा आन्दोलन भईरहेको छ ।
सोही आन्दोलनको समर्थनमा
शिक्षकहरुले नेपाल भरीका स्थानीय निकायमा धर्ना, नाराबाजी लगायतका कार्यक्रमहरु सञ्चालन गरीरहेका छन ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.