नगर उप-प्रमुख रानाको अगुवाईमा पुनर्वासमा बजार अनुगमन !
लाल बहादुर एस.के, पुनर्वास / ४ भाद्र
कंचनपुरको पुनर्वासमा बजारको छड्के अनुगमन भएको छ। पुनर्वास नगरपालिकाको नगर उप- प्रमुख भुलिया रानाको अगुवाईमा पुनर्वासका बजारहरुमा छड्के अनुगमन भएको हो।
सोमबार भएको बजार अनुगमनमा खाद्य संजाल पुनर्वासका अध्यक्ष कंचन गिरि, स्वास्थ्य शाखा प्रमुख राम बहादुर धामि, पुनर्वास उद्योग वाणिज्य संघ पुनर्वासका अध्यक्ष राज कुमार रायमाझी, कृषि शाखा प्रमुख कर्ण बहादुर शाहि, बिपत फोकल पर्सन ओमनाथ ढकाल का साथै ईलाका प्रहरी कार्यलय पुनर्वास र शशत्र प्रहरीको समेत सहभागिता रहेको थियो।
पुनर्वासका बजारहरुमा अखाद्य बस्तुको बिक्रीवितरण लाई नियन्त्रण तथा रोक लगाउन बजारको छड्के अनुगमन गरेको नगर उप-प्रमुख भुलिया रानाले जानकारी दिनुभयो। उँहाले पुनर्वासका बजारहरुमा अखाद्य बस्तुहरुको बिक्रीवितरण भएको जनगुनासो आफु सँग आएको र यो जनताको स्वास्थ जस्तो गम्भीर कुरा सँग प्रत्यक्ष जोडिएको बिषय भएकाले आफुले तत्काल खाद्यान्न पसल, होटल लगाएत विभिन्न पसलहरुको अनुगमन गरेको पनि बताउनु भयो।
उँहाले भन्नु भयो ” नगरपालिका आम मानिसको स्वास्थमा गम्भीर असर पुर्याउने अखाद्य बस्तुको बिक्रीवितरणमा रोक लगाउने कुरामा सचेत छ। यदि कसैले यस्ता अखाद्य बस्तु बिक्रीवितरण गरेको पाएमा हदै सम्मको कार्वाही गर्नेछ।”
उँहाले दर्ता प्रक्रियामा नगएका व्यबसायीलाई यथाशीघ्र दर्ता प्रक्रियामा आउन समेत आग्रह गर्नु भएको छ। सथै समय-समय नियमित रुपमा अनुगमन गरिरहने प्रतिबद्धता समेत उप-प्रमुख रानाले जाहेर गर्नुभएकोछ।
अनुगमनमा सहभागी पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष राज कुमार रायमाझीले अनुगमनले अखाद्य बस्तुको बिक्रीवितरणमा रोक लगाउने बिश्वास व्यक्त गर्नु भएको छ। उहाँले उपोभोक्ता शिक्षा अहिलेको लागि अत्यन्तै जरुरी रहेको पनि बताउनु भयो। आम मानिसलाई खाद्य र अखाद्य बस्तुको राम्रो ज्ञान् नभएकोले जुन सस्तो छ त्यहि समान किन्ने हुँदा पनि समस्या उत्पन्न भएको जिकिर रायमाझीले गर्नु भयो।
त्यस्तै खाद्य संजाल पुनर्वासका अध्यक्ष कंचन गिरिले अव्यवस्थित सिमानाका कै कारण अखाद्य बस्तु सजिलै नेपाल भित्रीरहेकाले सिमानाकामा प्रहरी प्रशासनले नै कडाई गर्नुपर्ने बताउनु भयो।
अनुगमनका क्रममा पुनर्वास नगरपालिका ६ स्थित प्रतिभानगर टाउन बजारका करिब दुई दर्जन बढी खाद्य पसलमा खाद्य सामाग्री सहित बिस्कुट , नमकिन , चाउचाउ , भुजा , जुस पदार्थ लगायत तथा एक दर्जनबढी होटलमा तयारी खाजा , अण्डा , पेय पदार्थ चेकजाँच गरिएको थियो ।
Comments are closed.