पुनर्वास-बेलौरीको विद्युत समस्या समाधान गर्न कार्यकारी निर्देशक कुलमानलाई ज्ञापनपत्र
कुलमान घिसिङद्वारा मातहत निकायलाई फोन गरि यथासिघ्र समस्या समाधान गर्न निर्देशन
काठमाडौ, ३ भाद्र ।
पुनर्वास-बेलौरीको विद्युत समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाईएको छ । आईतवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी )का विद्यार्थी नेता तथा पुनर्वास ११ का बासिन्दा यादव सिंहले निर्देशक घिसिङलाई कार्यालयमा पुगी ज्ञापनपत्र बुझाएका छ्न । ज्ञापनपत्र बुझे पश्चात् बेलौरी वितरण केन्द्रका प्रमुख कपिल जोशीलाई फोन गर्दै पुनर्वास-बेलौरीको विद्युत समस्या यथासिघ्र समाधान गर्न निर्देशन दिए । जंगल, झाडीका कारण विद्युत अवरोध हुने समस्या समाधान गर्न र भोल्टेज कमिका कारण विद्युत अवरुद्ध हुने समस्या समाधान गर्न उहाँले निर्देशन दिदै यथासिघ्र आवश्यक ट्रान्सफर्मर थप्न र पुनर्वासस्थित सवस्टेशन संचालन गर्न निर्देशन दिए । यसको लागि बजेट माग गर्न समेत निर्देशन दिएका थिए ।
ज्ञापनपत्रको पुर्ण पाठ यसप्रकार रहेको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी ) कंचनपुर निर्वाचन क्षेत्र नम्बर १
मिति-२०८०-५-३
श्रीमान कार्यलय प्रबन्धक ज्यु,
नेपाल विद्युत प्राधिकरण,सुनधारा
काठमाडौं
विषय:-ध्यानाकर्षण गराउने सम्बन्धमा!
हाम्रो माहान तथा गोरबशाली विद्यार्थी संघठन अनेरास्ववियू( क्रान्तिकारी ) धेरै लामो समय देखि विद्यार्थीका हकहित साथै समस्याको समाधान तथा जनता जनजिविका को सवाल मा आवाज उठाउदै आएको हजुर लाई यथावत नै छ। आज हाम्रो देश मा उज्यालो नेपालको नारा घन्किदै रहदा सुदुरपश्चिमको अत्यन्तै दुर्गम त्यसमाथि पिछडिएको भुभाग जिल्ला कञ्चनपुर निर्वाचन-क्षेत्र नम्बर १ का जनताले अहिलेसम्म पनि बिधुत को समस्या भोग्दै आउनु परेको छ। गर्मीयाममा सबैभन्दा गर्मी हुने ठाउँ त्यसमाथि अन्धकारले गर्दा विद्यार्थीहरु लाई समेत अध्ययनमा कठिनाइ भोग्दै आएका छन। यती मात्र होईन, यहाँको बासिन्दा जिविकोपार्जन गर्न कृषिमा आवद्ध भइ दिनभरको थकाइ
ले रातमा आराम गर्ने समयमा गर्मी को छट्पटीले रातभर आराम गर्न पाएका छैनन।कृषिमा निर्भर हाम्रो क्षेत्र विद्युतकै कारण सिचाइ गर्न नपाएको कारण किसानले आफ्नो बालिनाली गुमाएर पिडा भोगीरहेका छन। यति भन्दै गर्दा कैलालीको अतरियामा रहेको विद्युत केन्द्रबाट सञ्चालित बेलोरी विद्युत प्राधिकरण कार्यालयलाई हरेक वर्ष हामीले ध्यानाकर्षण गराउदा पनि सधै बाहाना गरेर पन्छी रहेको जनताले महसुस गरेर हाम्रो अखिल(क्रान्तिकारी)ले समस्यालाई मध्यनजर गर्दै यसको तत्कालीन समाधान गरेर दीर्घकालीन समस्या समाधानका निम्ति कञ्चनपुरकाे पुनर्वास नगरपालिका टाउनमा बन्ने भनेको सवस्टेसनलाई चाडाेभन्दा चाडाे सुचारू गरेर समस्याको दीर्घकालीन समाधान पाउनेमा हाम्रो संगठन हजुर समक्ष ध्यानाकर्षण गराउदछाै। हामीलाई विश्वास छ।हाम्रो समस्या लाई मध्य नजर गरि चाडो भन्दा चाडो यसको समाधान को निम्ति हजुरले अहम भुमिका खेलेर समाधान गर्दिनु हुनेछ।
संयोजक
यादव सिंह
Comments are closed.