पुनर्वासकि कार्यवाहक मेयर रानाको अध्यक्षतामा चिनी मिलको केमिकलले पुर्याएको क्षतिबारे छलफल
-लाल बहादुर एस.के.
कञ्चनपुर, १ भदौ ।
पुनर्वासकि कार्यवाहक मेयर भुलिया कुमारी रानाको अध्यक्षतामा चिनी मिलको केमिकलले पुर्याएको क्षतिबारे सरोकारवालाहरुसंग छलफल गरिएको छ ।
दोदा नदि र सिमरी नालामा आएको बाढिसंगै सिमरी नाला आसपासमा डुबान भएको र सो स्थानमा धान तथा उखु बाली नष्ट भएपछि पुनर्वास २ स्थित भागेश्वर चिनि मिलले केमिकल छोडेको कारण खेतीबाली नष्ट भएको भन्दै सर्वसाधारण आक्रोशित छ्न । सोही विषयमा छ्लफल गर्न आजको बैठक बोलाईएको थियोे । बैठकमा पुनर्वास ६ का वडाध्यक्ष
मुलचन्द राना, खाद्य अधिकार संजालका संयोजक कञ्चन गीरी, समाजसेवी पदम देउवा, भागेश्वर चिनी मिलका सिएम द्वारिकानाथ पाण्डे, प्रशासकीय अधिकृत डम्बर खडका, भलमन्साहरु रमेश राना,
घुमन राना, खडक सिंह राना,राधे राना,पुनर्वास नगरपालिकाका योजना अधिकृत शंकर बोगटी, पुनर्वास नगरपालिकाका कर्मचारी ओमनाथ ढकाल लगायतका व्यक्तिहरुको उपस्थिति थियोे । बैठकले उखु र धान मरेको विषयलाई लिएर भएको छलफलबाट उक्त स्थानको माटो र पानी चेक जाँचको लागी तत्काल कृषि अनुसन्धान केन्द्रलाई पठाउने, नगरपालिका, कृषक र सुगर मिलले क्षतीको संयुक्त अनुगमन निरिक्षण गर्ने, माटो र पानीको परिक्षण रिपोर्ट आएपछि पुन: संयुक्त बैठ बसी छलफल गर्ने लगायत तीन बुँदे सहमति गरेको छ । सहमति पश्चात् प्रयोगशालामा परिक्षण गर्न क्षती पुगेका खेतको पानी र माटोको नमूना समेत संकलन गरिएको थियोे ।
बैठक पश्चात् पत्रकारहरुसंग कुरा गर्दै कार्यवाहक मेयर रानाले चिनी मिलको केमिकलका कारण हो या पानी जमेर हो त्यसको निर्क्योल गरिने र केमिकलकै कारण किसानको क्षती पुगेको प्रमाणित भए उचित क्षतिपूर्तिको बन्दोबस्त गरिने तथा केमिकलको समस्या समाधानमा नगरपालिकाले उचित कदम चाल्ने बताउनुभयो ।
बैठक पश्चात् कार्यवाहक मेयर रानाले क्षती पुगेका क्षेत्रहरुको अनुगमन गर्नुभएको थियोे ।
Comments are closed.