web analytics

साईन नेपालका अध्यक्ष जोशी स्वास्थ्य सामाग्री बोकेर हिडे डोटी

हरिलाल जोशी
कैलाली – मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल)नामक संस्थाका अध्यक्ष भक्तराज जोशी कैलालीको धनगढीबाट स्वास्थ्य सामाग्री बोकेर डोटीको गन्तव्यमा हिडेका छन् ।

डोटीका विभिन्न पालिकामा निशुल्क स्वास्थ्य सामाग्री वितरण गर्न अध्यक्ष जोशी मंगलबार बिहानै आफ्नो स्कार्पियोमा स्वास्थ्य सामाग्री सहित गन्तव्यमा हिडेका हुन ।

विगत देखि तराई तथा पहाडका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको साईन नेपाल संस्था कोरोनाको दोस्रो लहरको भयावह भइरहदा पनि आफ्नो सामाजिक कार्यमा निरन्तर सक्रिय देखिएको छ ।

यश अघि संस्थाले केयर एण्ड रिलिफ परियोजन अन्तर्गत सरकारी निकायहरुको विधालय, स्वास्थ्य युनिट र प्रहरी युनिटहरुको क्षेमता अभिवृद्धि गर्ने कार्यक्रम अन्तर्गत कैलाली र बाजुराका आठ ओटा प्रहरी युनिटहरुलाई एक एक थान कम्प्युटर र प्रिन्ट मेसिन हस्तान्त्रण गरेको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिनुभयो

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.