web analytics

जंगलको चित्तल मानव बस्तीमा, स्थानीयले बुझाए सुरक्षा निकायलाई

कञ्चनपुर, ३ जेठ ।
पुनर्वासका स्थानीयले जंगली चित्तल समातेर सुरक्षा निकायलाई बुझाएका छ्न । उक्त चित्तल
पुनर्वास नगरपालिका वडानम्बर १,ढक्काका स्थानीय वासिन्दाले आईतवार खेतमा घुमिरहेको अवस्थामा फेला पारेका थिए । जंगलबाट बस्ती क्षेत्रमा पुगेको चित्तल असुरक्षित हुने बुझेर स्थानीय युवाहरूले घेरा हाली समातेका थिए । स्थानीय खेमराज जोशीको घरमा राखी सो चित्तल सोमबार ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, अस्थायी प्रहरी पोष्ट आईबिआरडीको प्रहरी टोली र डिभिजन वन कार्यालय पचगडियालाई संयुक्त रुपमा जिम्मा लगाईएको थियोे । सो चित्तललाई आजै सोमबार जंगलमा छोडिएको छ ।
चित्तल कुण्डा सव-डिभिजन वन कार्यालय पचकडिया र त्रिभुवन बस्तीस्थित ईलाका प्रहरी कार्यालयको सहयोगमा बेलौरी ६ सिंहपाल सामुदायिक वन क्षेत्रमा छोडिएको कुण्डा सव-डिभिजन वन कार्यालय पचकडियाका प्रमुख दिनेश कुमार यादवले समाचार बिशेषलाई बताएका छ्न ।

Facebook Comments
Below Article Content Ads

Comments are closed.