खुशीको खबर, बेलौरीमा दुई करोड लागतमा अक्सिजन प्लाण्ट बन्ने

कञ्चनपुर, ३ जेठ ।
कोरोना कहरका कारण अक्सिजन अभावले थुप्रै बिरामीहरुको मृत्यु भईरहेको बेला बेलौरीमा दुई करोडको लागतमा अक्सिजन प्लाण्ट बन्न लागेको छ ।
सोमबार कञ्चनपुर क्षेत्रनम्बर १ मा पर्ने चार स्थानिय तह बेलाैरी, पुनर्वास, लालझाडी र बेलडाँडीका प्रमुखहरुको संयुक्त बैठक बसी सो निर्णय गरीएको हो । अक्सिजन प्लाण्ट निर्माणका लागि चारै स्थानीय तहले बजेट विनियाेजन गरि संयुक्त रुपमा अक्सिजन प्लाण्ट बेलाैरिको बुट्टावारीमा बनाईने भएको छ ।
अक्सिजन प्लाण्टको कुल लागत २ करेाड पाँच लाख हुने, आगामी पच्चीस दिन भित्रै प्लाण्ट निर्माण भई सक्ने तथा प्लाण्टले दैनिक पचहत्तर सिलिन्डर भर्न सक्ने र बहत्तर घण्टा भित्रै टेण्डर गरेर भोलि देखिनै कामको सुरुवात गरीने पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले समाचार विशेषलाई जानकारी गराउनुभयो ।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा अक्सिजन प्लाण्ट बन्न लागेको खबरले स्थानीय वासी हर्षित भएका छ्न ।
Comments are closed.