४ स्थानीय तहले गरे कोभिड विरुद्धको मोर्चाबन्दी: २ करोडको बजेटमा अक्सिजन प्लान्ट स्थापना गरिने

४ स्थानीय तहले गरे कोभिड विरुद्धको मोर्चाबन्दी: २ करोडको बजेटमा अक्सिजन प्लान्ट स्थापना गरिने
कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकाका प्रमुखहरुको आज भएको भेलाले कोरोना विरुद्धको लडाइँमा उत्रने निर्णय गरेको छ ।
निर्णयले सबै पालिकाहरुको बिचमा पर्ने बेलौरी नगरपालिकामा स्थापना हुनेगरि अक्सिजन प्लान्ट स्थापना गर्ने भएको हो । करिव २ करोड लागत लाग्ने अनुमान गरिएको यस योजनाले कोभिड विरुद्धको लडाइँमा अमृत समान हुने स्थानीय बताउछन । स्थापना हुन लागेको अक्सिजन प्लान्टले दैनिक ७५ खाली सिलिन्डर भर्न सक्ने क्षमताको हुनेछ ।
यस क्षेत्रमा दैनिक सयौं व्यक्तिमा कोरोना संक्रमण देखिन थालेको छभने कैयौंले अक्सिजन अभावकै कारण ज्यान समेत गुमाई सकेका छन । कोरोनाको दोस्रो लहरका विरामीलाई अक्सिजनको धेरै आवश्यकता पर्ने गरेको छ । अधिकांश विरामी अक्सिजन नपाएर मृत्यु भैरहेको परिस्थितिमा जनस्तरबाट नै अक्सिजन प्लान्ट स्थापना गर्न चर्को माग भैरहेको थियो ।
स्थानीय स्तरबाट माग भए बमोजिम ४ पालिका प्रमुखहरुले गरेको निर्णयबाट स्थानीयले राहत महसुस गरेका छन । यस प्लान्टलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न स्थानीयले माग गरेका छन ।
अक्सिजन संगै पिसिआर कीट तथा अन्य सामाग्रीको समेत अभाव भएको स्वास्थ्य केन्द्रहरुले बताइरहेका छन ।
कोभिड विरुद्ध जुध्न स्थानीय नेताहरुले अग्रसरता नदेखाएको भन्दै केहि दिन अघि समाजिक सञ्जालमा चर्को विरोध समेत भएको थियो ।
Comments are closed.