web analytics

नेपाल परिवार दलद्वारा कैलाली कारागारमा सुरक्षाकर्मी र कैदीलाइ स्वास्थ्य सामाग्री प्रदान

धनगढी । नेपाल परिवारदल सुदूरपश्चिम प्रदेशद्धारा कैलाली कारागारमा रहेका सुरक्षाकर्मी,सेना तथा कैदीलाई
स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
ति सामाग्रीहरुमा ६०० पिस माक्स, साबुन तथा सेनीटाईजर रहेको छ ।
कोभिड १९ को दोस्रो लहरको महामारीमा प्रहरी,सेना तथा कैदीहरुमा कोरोनाको उत्तिकै जोखीम तथा संक्रमण हुनसक्ने भएकाले कारागारमै पुगेर नेपाल परिवारदलले सो सामाग्री प्रदान गरेको जनाएको छ । नेपाल परिवार दल सुदूरपश्चिम प्रदेशका संयोजक खडक नागरीले सोमबार सो सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।
कोरोना महामारीको यो विषम परिस्थितीमा सुरक्षामा दिनरात जनताको सेवामा खटिरहने सुरक्षाकर्मीले स्वास्थ्य सुरक्षा कायम राख्न थोरै मास्क, हेन्डवास र सेनीटाइजर सहयोग गरेको र सुरक्षामा दिनरात जनताका सेवकहरुलाइ सहयोग गर्न पाउँदा आफुलाई खुसि लागेको नेपाल परिवार दल सुदूरपश्चिम प्रदेशका संयोजक खडक नागरीले समाचार विशेषलाई बताए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.