“सँगसँगै” अभियानद्वारा पुनर्वासमा “सहायता केन्द्र” सञ्चालन

कञ्चनपुर, ९ जेठ ।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा कोरोना महामारीको जोखिम व्यवस्थापनका लागी जनतालाई सघाईरहेको “सँगसँगै” अभियानले आइतबारबाट पुनर्वास नगरपालिकामा सहायता केन्द्र सञ्चालन गरेको छ । पुनर्वास नगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको सो सहायता केन्द्र (Help Desk) सञ्चालनको लागी अभियानको तर्फबाट अभियानका संयोजक लक्ष्मी श्रेष्ठले आवश्यक स्वास्थ्य सामाग्री पुनर्वासका नगर प्रमुख जीवनराज थापालाई हस्तान्तरण गरेकी छिन ।
हस्तान्तरण गरिएको सामाग्रीमा ७५ पिस एन्टिजेन कीट,३०० पिस भिटाएल ,१० थान ह्यान्ड सेनिटाइजर, ४०० पिस मास्क, १ पि.पि सेट, ३०० पिस ग्लोब्स, डिसिफिकेन्ट सोलुसन ५ लिटर , स्यानिटाइजर ५ लिटर ,थर्मोगन २ थान,पिपि १ सेट,अक्सिमिटर युटिलिटी ग्लब्स १० पिस रहेको सामाजिक अभियन्ता रुपेश विश्वकर्माले फेसबुक मार्फत सार्वजनिक गरेका छ्न ।
यसका साथै पुनर्वास नगरपालिका र “सँगसँगै” अभियानको सहकार्यमा पुनर्वासमा कोभिड नियन्त्रण व्यवस्थापन र सङक्रमित व्यक्तिहरुका समस्या सुन्ने र समाधान गर्ने लगायत पोषणयुक्त आहार प्रदान गरिने समेत कार्यक्रम रहेको सामाजिक अभियन्ता हिमेश थापाले समाचार विशेषलाई बताए ।
Comments are closed.