web analytics

अब घरबाटै जग्गा दर्ता तथा नामसारी  

काठमाडौ ।अब घरबाटै जग्गा दर्ता तथा नामसारी गर्न सकिने अर्थमन्त्री पौडेलको घोषणा गरेका छ्न । अर्थमन्त्री पौडेलले आगामी आर्थिक बर्षदेखि घरबाटै जग्गा दर्ता तथा नामसारी गर्न सकिने बताएका हुन् । सबै मालपोत कार्यालयमा विद्युतीय प्रणालीमा आधारित जग्गा प्रशासन सम्बन्धी सेवा बिस्तार गरिने उनको भनाई छ ।
पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।

जग्गा सम्बन्धी सबै अभिलेखको डिजीटल प्रविधि भू–अभिलेख सूचना प्रणालीबाट उपलब्ध गराइने उल्लेख गरे ।
यस्तै आगामी आर्थिक बर्षभित्र कित्ता नापी फिल्डबुक प्लट रजिष्टार सम्बन्धी सेवा विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने गरी मेरो कित्ता प्रणाली सबै जिल्लामा कार्यान्वयनमा ल्याइने उल्लेख गरे ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.