web analytics

सँगसँगै” अभियान र डा. सुरेन्द्र ऐरको नेतृत्वमा निशुल्क स्वास्थ्य परामर्श सेवा सञ्चालन हुने

कञ्चनपुर। कञ्चनपुरको दक्षिणी क्षेत्रमा कोरोना महामारी विरुद्ध सक्रिय “सँगसँगै” अभियान र डा. सुरेन्द्र ऐरको नेतृत्वमा आईतबारबाट कोभिड सङ्क्रमित तथा कोभिड सङक्रमित भई सकेकाहरुका लागि निःशुल्क स्वास्थ्य परामर्श सेवा आजबाट सुचारु भएको छ।
कोभिडको दोश्रो भेरियन्ट तीव्र रुपमा बढ्दै गएको र सङ्क्रमितहरुको संख्या दिनदिनै बढीरहेको अवस्थालाई मध्यनजर गर्दै सँगसँगै अभियान र काठमाण्डौको सर्वाङ्ग अस्पताल तथा धनगढीको कैलाली अस्पतालमा फिजियोथेरापी विभाग प्रमुख रहेका डक्टर सुरेन्द्र ऐरको नेतृत्वमा होम आइसोलेसनमा बसेका बिरामीले फोन मार्फत नि:शुल्क स्वास्थ्य परामर्श पाउनेछन्।
कोभिड भै होम आईसोलेशनमा बस्दै आएका विरामीको मनोबल उच्च पार्न र सङ्क्रमित विरामीको स्वास्थ्य अवस्था बुझी उचित परामर्श दिन विशेषज्ञ चिकित्सकद्रारा अभियानले उपलब्ध गराएका नम्बरहरुमा फोन कल गरेर परामर्श लिन सकिने डा. सुरेन्द्र ऐर बताउँछन्।
दोश्रो भेरियन्ट कोरोनाको उचित व्यवस्थापन गर्न सञ्चालित सँगसँगै अभियानले सुदूरपश्चिम प्रदेश कंचनपुर जिल्लाको दक्षिणी भेग क्षेत्र नं १ अन्तर्गतका पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाडी गाउँपालिका गरि चार स्थानीय तहमा अक्सिजन सिलिन्डर,स्वास्थ्य सामग्री वितरण,सामजिक सञ्जालमा पर्चा पम्प्लेटद्रारा सचेतना गर्ने, आकस्मिक एम्बुलेन्सको व्यवस्था गर्ने, दिर्घ रोगीहरुलाई औधषी उपलब्ध गराउने, कोभिड अस्पतालमा भएका बिरामीलाई बिहान बेलुका खानाको व्यवस्था गर्ने, होम आईसोलेसनमा बसेका सङ्क्रमितलाई पौष्टिक आहारको व्यवस्था गर्ने लगायतका कार्यहरु अभियानको माध्यमबाट हुँदै आएका छन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.