बेलौरीमा करेन्ट लागेर एक जनाको मृत्यु

कञ्चनपुर, २२ जेठ ।
बेलौरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी नगरपालिका वडानम्बर ३ गोकुलपुर बजारमा बस्ने २५ वर्षीय सन्तोष चौधरी भएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो घरमाथी रहेको होर्डिङ बोर्ड निकाल्ने क्रममा करेन्ट लागेको प्रत्यक्षदर्शीहरुले बताएका छ । घाईते चौधरीलाई बेलौरी स्थित ईशान मेमोरियल अस्पतालमा लगीएको थियो । जहाँ उनलाई मृत घोषित गरिएको थियोे ।
Comments are closed.