web analytics

पुनर्वासमा कोरोना परिक्षण गर्न टोलटोलमा स्वास्थ्यकर्मी(हेर्नुस् कुन वडामा कहिले ?)

कञ्चनपुर, जेठ २३ ।
पुनर्वासमा कोरोना परिक्षण गर्न टोलटोलमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । नयाँ भेरियन्टको कोरोना समुदायमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीको समूहलाई वडावडामा खटाईएको नगरप्रमुख जीवनराज थापाले समाचार विशेषलाई जानकारी गराउनुभएको छ ।
लक्षण देखिएका व्यक्तीले स्वाव दिन नआए पछि स्वास्थ्यकर्मीको टोली गएर कोरोना परीक्षणलाई निरन्तरता दिएको हो ।  अहिले पुनर्वास नगरपालिकाको टोलटोलमा एन्टिजेन किट मार्फत कोरोना परीक्षण भईरहेको छ।

पुनर्वास नगरपालिकाले कोरोनाको चेकजाँच तपसिलका मिति र स्थानमा कोरोना परिक्षण गर्ने भएको छ ।कोरोनाको आशंका भएकाले उपस्थित भइदिन समेत नगरपालिकाले आग्रह गरेको छ ।
तपसिल
२२ गते: वडानम्बर ९                                    २३ गते : वडा नं ८
२४ गते : वडा नं ७
२५ गते : वडा नं ६
२६ गते : वडा नं ५
२७ गते : वडा नं ४
२८ गते : वडा नं ३
२९ गते : वडा नं २
३० गते : वडा नं १
नोट : वडा नं १० र ११ (डोकेबजारमा दैनिक चेकजाँच भइरहेको) कुनै शंकास्पद बिरामी छन भने  ९८४८८१५६८४ सम्पर्क गर्न      सकिन्छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.