फेरि घट्यो सुन–चाँदीको भाउ

काठमाडौं : सुनको भाउ सोमबार प्रोतितोला ३०० सय रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि आइतबार छापावाल सुनको भाउ तोलाको ९४ हजार १०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ५० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १३ सय ५५ रुपैयाँ निर्धारण भएको थियो ।
Comments are closed.