लामो समय यौन सम्पर्क नगर्दा शरीरमा आउँछ यस्तो परिवर्तन

कारण जुनसुकै होस् तर हामी सबैका लागि एउटा यस्तो समय आउन सक्छ, जतिबेला हामी यौन सम्पर्क (सेक्स) गर्न सक्दैनौं ।
यो विषय विवाहित र अविवाहित सबैका लागि लागू हुन्छ । विवाहित व्यक्ति पनि सधैं शारिरीक सम्पर्क गर्न सक्षम हुनसक्छन् भन्ने हुँदैन । तर, तपाईंले कहिल्यै ख्याल गर्नुभएको छ कि लामो समयसम्म यौन सम्पर्क नराख्दा शरीरमा कस्तो परिवर्तन हुन्छ भनेर ?
यदि तपाईंले लामो समयसम्म यौन सम्पर्क राख्नुभएको छैन भने तपाईंको शरीरमा धेरैखाले परिवर्तन आउन सक्छन् । तर, तपाईंलाई यो थाहा नहुन सक्छ कि यस्तो परिवर्तन लामो समय यौन सम्पर्क नगर्दा भएको हो भनेर ।
यो आलेखमा लामो समय यौन सम्पर्क नगर्दा मानिसमा हुने शारिरीक तथा मानसिक परिवर्तनबारे उल्लेख गरिएको छ ।
थकान महसूस
तपाईंलाई धेरै थकाइ लाग्छ भने यसको एक कारण लामो समयसम्म यौन सम्पर्क नगर्नु पनि एक हुन सक्छ । अर्थात् नियमित यौन सम्पर्क गर्ने व्यक्तिले लामो समयसम्म यौन सम्पर्क गरेनन् भने यस्ता व्यक्तिमा मानसिक दवाब र थकान महसूस हुने संभावना बढेर जान्छ ।
निद्रा नलाग्ने समस्या
लामो समयसम्म यौन सम्पर्क नगरेका व्यक्तिमा देखिने प्रमुख समस्यामध्ये एक हो, निद्रा नलाग्नु । यदि तपाईंले लामो समयसम्म यौन सम्पर्क गर्नुभएको छैन भने तपाईंलाई राति निद्रा नलाग्ने समस्या देखिन सक्छ ।
रोगप्रतिरोधात्मक क्षमतामा कमि
तपाईंलाई थाहा नहुन सक्छ कि, तपाईंको सामान्य रुघा–खोकी कहिलेकाहीँ यौन सम्पर्क गर्दा नै ठीक हुन सक्छ । यौन सम्पर्कले तपाईंलाई शारिरीकसँगै मानसिक रुपमा पनि सक्रिय बनाउँछ, यस्तो अवस्थामा तपाईंमा इम्युनिटी पावर (प्रतिरोधात्मक क्षमता) बढेर जान्छ । जसका कारण सामान्य खोले बिमारीबाट सेक्स गर्दा पनि छुट्करा पाइन्छ ।
तर, तपाईंले लामो समयसम्म सेक्स गर्नुभएको छैन भने तपाईंलाई सामान्य बिमारी (जस्तै रुघा–खोकी)बाट मुक्ति पाउन पनि औषधि लिनुपर्ने अवस्था आउन सक्छ ।
गोप्य अङ्गमा संक्रमण
तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ कि, लामो समय यौन सम्पर्क नगर्दा तपाईंको गोप्य अंग (यौनाङ्ग)मा संक्रमण हुन्छ भनेर, तर एक रिसर्चले यसलाई प्रमाणित गरेको छ । लामो समयसम्म यौन सम्पर्क नगर्नु भनको यौनाङ्गको सक्रियता कम हुनु हो । सक्रिय हुन नपाएपछि यौनाङ्ग कमजोर हुन्छ ।
एक रिसर्चका अनुसार लामो समयसम्म यौन सम्पर्क नगर्ने महिलाको यौनाङ्गको छाला कमजोर र पातलो हुन जान्छ । जसले गर्दा यौनाङ्गमा संक्रमण हुने खतरा पनि बढी हुन्छ ।
कामेच्छामा परिवर्तन
लामो समयसम्म यौन सम्पर्क नगर्दा तपाईंमा हुने अर्को परिवर्तन हो, कामेच्छासँग सम्बन्धित । लामो समयसँग यौन सम्पर्क नगरेका व्यक्तिमध्ये कसैमा धेरै कामेच्छा (यौन चाहना) जागृत हुन्छ भने कुनै व्यक्तिमा धेरै कम हुन्छ अर्थात् घटेर जान्छ ।
सम्बन्धमा तितोपना
कुनै समय तपाईं आफ्नो पार्टनर या जीवनसाथीसँग खुलेर बोल्न सकिरहनुभएको हुँदैन । कुनै कुरा भन्न चाहनुहुन्छ, तर भन्न सकिरहनुभएको हुँदैन । अर्थात् तपाईंहरु दुईजना बीच राम्रो सम्बन्ध छैन ।
यसको एक प्रमुख कारण लामो समय यौन सम्पर्क नहुनु पनि हो । खासगरेर पति–पत्नीबीच यस्तो समस्या बढी देखिन्छ । लामो समय यौन सम्पर्क नहुँदा पति–पत्नीको सम्बन्धमा नै असर पर्न सक्छ ।
यौन सम्पर्क गर्नेहरु यसकारण सुन्दर हुन्छन् ।
यौन विश्वमै बढी चासोका रुपमा लिईने विषय हो । यसको गलत प्रयोगले कतिलाई जीवनको लोकप्रियताबाट सिध्याएको पनि छ भने कतिलाई स्वस्थ बनाएको पनि विभिन्न अध्ययनहरुले देखाएका छन् । झट्ट सुन्दा कमैलाई पत्यार लाग्ला, यौन सम्पर्कले मान्छेलाई सुन्दर बनाउँछ भन्दा । तर, एक विश्वविद्यालयमा गरिएको अनुसन्धानले भने यस्तो देखाएको छ ।
अनुसन्धानमा उल्लेख भए अनुसार स्वास्थ्य ढंगले सेक्स गर्नेहरु सुन्दर हुन्छन् । खानपिनमा ध्यान दिने तथा स्वस्थ रुपमा गरिने सेक्सले मुहारमा सुन्दरता आफैँ ल्याउने पनि अनुसन्धानले देखाएको छ ।
सहि तरिकाले सन्तुलित रुपमा गरिने सेक्सले मनमा आनन्द र शान्ति मिल्ने तथा सोही कारण मनको आनन्द मुहारमा झल्किने हुँदा मानिसहरु सुन्दर देखिने अध्ययनमा उल्लेख छ ।
हाम्रो समाजमा खुला छलफल र बहस आजसम्म सेक्सको विषयमा हुन सकेको छैन, तर गुपचुप रुपमा भने सेक्स कति ठाउँमा हुन्छ भन्ने कुनै तथ्यांक छैन । तर यसलाई बहशको विषय बनाउने र सोही अनुसार जागरण गर्ने हो भने यसले फाईदा नै पुग्ने देखिन्छ ।
सेक्सको विषयमा अध्ययन र अनुसन्धानको बाटो पश्चिमा मुलुकमा खुला छ, जहाँ यसको विषयमा खोज अनुसन्धान हुँदै आएका पनि छन् । सेक्सले मानिसलाई स्फूर्तीका साथै स्वास्थ्य र सुन्दर बनाउने तथ्य पनि सार्वजनिक भैसकेको छ ।
सेक्सले मानिसलाई यसकारणले पनि सुन्दर बनाउँछ कि सेक्सले मोटोपन घटाउने र मुटुलाई स्वास्थ्य राख्न समेत विषेश मद्दत पुग्दछ । जब मानिस निरोगी हुन्छ तव उसको भित्रको सन्तुष्टी बाहिर आउँछ र उसलाई फुर्तिलो पनि देखिन्छ ।
सेक्सले कपाल र अनुहारमा चमक आउने पनि उल्लेख छ भने यसको लतले भने खराव हुने देखाएको छ । यौन सम्पर्कको बेला कोलेजन हारमोन अत्यधिक उत्पादन हुने हुँदा यसले छाला सुन्दर र कोमल बनाउने समेत उल्लेख छ।
अध्ययनका अनुसार हप्तामा तिन पटक सेक्स गर्नेहरु यसरी नियमति सेक्स नगर्नेहरुको तुलनामा जवान देखिन्छन् । यौन सम्पर्कको चरम उत्सर्गका उत्पादन हुने सेरोटोनिन र डीएचइए हारमोनले मानसिक सन्तुलन राख्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने अनुसन्धानमा उल्लेख छ ।
स्वस्थ रुपमा गरिने यौन सम्पर्कले महिलाको स्तनको आकार २५ प्रतिशतसम्म बृद्धि हुने, तनाव हटाउने तथा शरीरका बिकार बाहिर निकाल्न मद्दत गर्ने, आत्मविश्वास बढाउने समेत गर्दछ । तर, सेक्सका लागि आवश्यक सुरक्षा नअपनाउने, जो पायो उहीसँग यौन सम्पर्क राख्ने, मानसिक रुपमा तयारै नभई यौन सम्पर्क गर्ने जस्ता कुराले भने फाईदाको साटो हानी हुने समेत उल्लेख छ ।
Comments are closed.