web analytics

माओवादी केन्द्रले सातै प्रदेशमा पठायो स्वास्थ्य सामग्री

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सातै प्रदेशमा स्वास्थ्य सामग्री पठाएको छ ।
सोमबार कोरोनाको उपचार, नियन्त्रण तथा रोकथामका लागि सातै प्रदेशका इञ्चार्ज मार्फत स्वास्थ्य सामग्री पठाइएको हो । उक्त स्वास्थ्य सामग्री पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ले हस्तान्तरण गरे ।

हस्तान्तरण कार्यक्रममा प्रचण्डले सहयोग उपलब्ध गराइदिने छिमेकी मित्र राष्ट्र चीन, पार्टीको प्रवास समिति तथा सहयोगदाताप्रति पार्टीको तर्फबाट धन्यवाद दिएका थिए । विभिन्न स्रोतबाट प्राप्त गरेको स्वास्थ्य सामग्री माओवादीले सातै प्रदेशमा पठाएको हो ।
माओवादीले एन ९५ मास्क एक लाख बट्टा, अक्सिजन जेनेरेटर २० , एन्टिजेन ६० बट्टा ९कूल तीन हजार ० थर्मल गन १००, अक्सिमिटर एक हजार, अक्सिजन सिलिण्डर ४० लिटरको ३०, अक्सिजन सिलिण्डर १० लिटरको १० र पिपिई सेट ७००  स्वास्थ्य सामग्री विभिन्न स्रोतबाट प्राप्त गरेको हो । उक्त स्वास्थ्य सामग्री प्रदेश इञ्चार्ज मार्फत पठाइएको जनाइएको छ ।
यस्तै सर्जिकल ग्लब्स ४५  र स्यानिटाइजर २०० पनि रहेका छन् । ती स्वास्थ्य सामग्री पार्टीको प्रवास समन्वय समितिबाट प्राप्त भएका सामग्री हुन् । यस्तै, स्वास्थ्य विभाग र संगठनबाट प्राप्त सर्जिकल मास्क आठ हजार २०० , पीपीइ गाउन ४००  लगायतका स्वास्थ्य सामग्री पनि पठाइएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.