web analytics

कोभिडका लागि ‘सुदुरपश्चिमेली नेपाली समाज,क्विन्सल्याण्ड अष्ट्रेलिया’द्वारा सुदुरका नौ वटै जिल्लामा सहयोग

धनगढी । नेपालमा भयावहरुपमा फैलिएको कोरोनाका संक्रमित विरामी, पीडित र अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुका निम्ति ‘सुदुरपश्चिमेली नेपाली समाज,क्विन्सल्याण्ड अष्ट्रेलिया’ले सुदुरका नौ वटै जिल्लामा स्वास्थ्य सामाग्री पठाएको छ ।

विगत केहि दिनदेखि सुदुरपश्चिममा अक्सिजनको हाहाकार भैरहेको अवस्थालाई मध्यनजर गर्दै समितिले सहयोग रकम संकलन सुरु गरेको थियो । समितिका पदाधिकारी, सल्लाहकार तथा शुभचिन्तकहरुबाट संकलित ३२ सय ४९ डलरबाट स्वास्थ्य सामाग्री खरिद गरि प्रदेशका सबै जिल्लामा पठाईएको संस्थाका अध्यक्ष सरोज सिंह ठकुरीले जानकारी गराउनुभयो ।

सबै जिल्लाहरुमा करिव ३१ हजारका दरले स्वास्थ्य सामाग्री पठाइएको छ । कोभिड-१९ को रोकथाम तथा नियन्त्रण लागि सुदूरपश्चिमेली नेपाली समाज अष्ट्रेलियामा संकलन गरेको रकमबाट धनगढीमा स्वास्थ्य सामाग्री खरिद गरी स्वास्थ्य सामाग्री अभाव भएका ९ वटै जिल्लाका स्वास्थ्य संस्थाका लागि स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।

सबै जिल्लाहरुमा पिपिई सेट ५, स्यानिटाईजर १५ लिटर, पल्स अक्सिमिटर १, सर्जिकल मास्क १५ सय पिस, सर्जिकल ग्लोव्स ५० पिस, पारा सिटामोल ५ सय एमजि, ५ सय ट्याव्लेट र जिंक ट्याव्लेट ५ सय पिस स्वास्थ्य सामाग्री सहयोग पठाएको संस्थाका महासचिव सुरेश बोगटीले बताउनुभयो ।

 

कञ्चनपुरका लागि स्वास्थ्य सामाग्री अभाव भएका स्वास्थ्य संस्था, अग्रपंक्तिमा खटिने प्रहरी तथा पत्रकार अनि संक्रमितको घर सम्म पुगेर स्वास्थ्य सामाग्री उपलब्ध गराउदै आएको लक्ष्मी श्रेष्ठको अगुवाईमा सञ्चालन भैरहेको ‘संगसंगै’ अभियान मार्फत सामाग्री वितरण गरिएको छ ।

‘सुदुरपश्चिमेली नेपाली समाज,क्विन्सल्याण्ड अष्ट्रेलिया’ले पठाएको स्वास्थ्य सामाग्री कोरोनाको उच्च जोखिममा रहेका समुदाय, व्यक्ति, स्वास्थ्य संस्था, अग्रपंक्तिमा खटिने सुरक्षा निकाय, पत्रकार र स्वास्थ्य सामाग्रीको अभाव झेलिरहेकाहरुमा समेत वितरण गरिएको श्रेष्ठले बताउनुभयो ।

कैलालीका लागि संक्रमणमा परेर पौष्टिक आहारबाट बन्चित भएका संक्रमितहरुलाई खाना खुवाउने अभियानलाई नगर हस्तान्तरण गरिएको छभने अन्य जिल्लाहरुमा स्वास्थ्य सामाग्री नै वितरण गरिएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.