web analytics

ह्याङओभर कसरी उतार्ने ?

कतिपय मानिसहरू असाध्यै बढी रक्सी पिउँछन् । अनि रक्सीले झ्याप भएर ह्याङओभरका कारण टाउको पनि समातिरहेका भेटिन्छन् ।
ह्याङओभर छिट्टै उत्रिँदा पनि उत्रिँदैन । यहाँ हामी ह्याङओभर उतार्ने तरिका सिकाउँछौं । तर हाम्रो उद्देश्य तपाईं ह्याङओभर हुने गरी रक्सी पिउनुस् भन्ने होइन । सकेसम्म रक्सी पिउँदै नपिउनुस् । तैपनि ह्याङओभर भइहालेमा यहाँ बताइएका विधि अपनाउनुस् ।

दूध र दही
रक्सी पिउँदा शरीरमा अम्लको मात्रा बढ्छ । यसकारण धेरै थकाइ लाग्छ र सुस्त भइन्छ । यस्तो स्थितिमा दूध वा दही पिउँदा रक्सीको नशा कम हुन्छ ।
कागती पानी
मनतातो पानीमा कागती र नून हालेर पिउँदा पनि रक्सीको नशा उत्रिन्छ ।
मह
रक्सी पिएपछि टाउको दुख्ने, बान्ता लाग्ने र चक्कर आउने भएमा तत्कालै मह चाट्नुस् । बिस्तारै ह्याङओभर उत्रिन्छ ।
सुन्तलाको रस
सुन्तलाको रसमा भएको भिटामिन सीले चक्कर लाग्न दिँदैन । अनि रक्सीको नशा पनि उत्रिन्छ ।
अदुवा हालेको चिया
अदुवा हालेको चिया पिउँदा टाउको दुखेको कम हुन्छ । अनि रक्सी पचाउन पनि अदुवा चियाले मद्दत गर्छ ।
एजेन्सी

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.