रुपान्तरण युवा सञ्जाल बाँसगढीद्वारा रक्तदान सप्पन्न !

जेठ २९
कृष्ण बहादुर बुढा
बर्दिया /बर्दियाको बाँसबढीमा रुपान्तरण युवा सञ्जाल बासगढी बर्दियाको आयोजनामा शनिबार रक्तदान भएको छ । रक्तदान जिवनदान भन्ने मुल्लमर्मलाई आत्मसाथ गर्दै कोभिड १९ को माहामारीमा देखापरेको रगत अभावलाई केही हदसम्म परिपुर्ति गर्ने उदेश्यले रक्तदानको आयोजना गरिएको हो । रक्तदान कार्यक्रमको उद्घाटन वडा नं. ३ का वडा अध्यक्ष प्रेमराज पौडेलले गर्नु भएको थियो । रक्तदान कार्यक्रममा ४१ पोईन्ट रगत संकलन भएको सञ्जालका संयोजक सन्तोष बास्तोलाले बताउनु भयो । रगत दान गर्ने दातालाई नगरप्रमुख शालिक राम अधिकारी र रुपान्तरण युवा सञ्जालका संयोजक सन्तोष बास्तोलो प्रमाण पत्र समेत प्रदान गर्नु भएको छ ।
रुपान्तरण युवा सञ्जाल बाँसगढीको आयोजना, बाँसगढी नगरपालिकाको संरक्षण, बाँसगढी युवा मंञ्च, ईलाका प्रहरी कार्यालय मोतिपुर, नवजीवन सहकारी सस्था बासगढी, उद्योग वाणिज्य संघ बाँसगढी, लायन्स क्लव अफ बासगढीको समन्वय र सहकार्यमा भएको रक्तदान कार्यक्रमको प्राविधि सहयोग नेपाल रेडक्रस सोसाईटी बर्दियाले गरको संयोजक बास्तोलाले जानकारी दिनु भएको छ ।
कार्यक्रममा नगरप्रमुख शालिकराम अधिकारी, वडा नम्बर ३ अध्यक्ष प्रेम राज पौडेल, उधोग वाणिज्य संघ बासगढी अध्यक्ष रामसिङ थारु, महासचिव युगपती पौडेल, लायन्स क्लब अफ बासगढी अध्यक्ष सुरेश कुमार रेग्मी, युवा मंचका अध्यक्ष मदन भन्डारी, पत्रकार, सुरक्षाकर्मी लागाएको उपथिती रहेको थियो । रुपान्तरण युवा सञ्जालका संयोजक सन्तोष बास्तोलको सभापतित्वमा भएको रक्तदान कार्यक्रमको सहजीकरण हनोक सुनार गर्नु भएको थियो ।
Comments are closed.