web analytics

  ‘म किन गरीब ? ’ भन्ने प्रश्नमा बुद्धले दिएको यस्तो जवाफ सुन्दैमा धनी बनिन्छ

हाम्रो साथमा पर्याप्त धन हुँदैमा कोही धनी हुँदैन, संसारका हरेक मानिस धनी छन्, तर आफूसँग भएको धनलाई चिन्नुपर्छ । चिन्नलाई दुरदृष्टि आवश्यक पर्छ, त्यो जो कोहीसँग नहुन सक्छ । परापूर्वकालमा एक व्यक्ति आफ्नो गरिबीको कारण सोध्न महामानव गौतम बुद्धकोमा पुग्यो ।

भगवान ‘म किन गरीब ?’ भन्ने उसको प्रश्नमा बुद्धले यस्तो जवाफ दिए कि उसको गरिबी एक मिनेट पनि टिकेन । बुद्धत्व प्राप्त गरेपछि बुद्ध आफूले प्राप्त गरेको ज्ञान बाँडने अभियानमा थिए । यसैक्रममा एक गाउँमा पुगेपछि उनले सबैलाई भेला परेर आफूले प्राप्त गरेको ज्ञान बाँडन थाले ।

मानिसहरु गौतम बुद्धकोमा आ-आफ्ना दु:ख, पीडा र रोदन लिएर पुग्थे । अनि उर्जा र जोशले भरिएर फर्किन्थे । त्यसैक्रममा एक दुखी व्यक्तिले भगवान बुद्धसँग आफ्नो गरिबीको कारण सोध्न चाह्यो । ऊ हिम्मत गरेर बुद्धको शिविरतर्फ अघि बढ्यो । मानिसहरु पालैसँग एकएक गरी बुद्धलाई भेटिरहेका थिए ।
ऊ पनि आफ्नो पालो पर्खिएर लाइनमा बस्यो । भगवान बुद्ध चुपचाप गाउँबासीको समस्या सुन्दै शान्त र शालिन भावमा उपदेश दिइरहेका थिए । त्यत्तिकैमा उसको पालो आयो । उसले बुद्धलाई प्रणाम गरयो, अनि प्रश्न अघि सार्‍यो, ‘भगवान, संसारमा यतिधेरै धनी मानिस छन,म किन गरीब ?’ बुद्धले मुस्कुराएर जवाफ दिए, ‘तिमीले कहिल्यै कसैलाई केही दिएनौ, त्यसैले गरीब छौ ।’

उसले आश्चर्य मान्दै प्रतिप्रश्न गर्यो, ‘म सँग केही हुनुपनि त पर्‍यो नि दिनलाई । मसँग केही छैन । बडो मुस्किलले बिहान बेलुका हातमुख जोड्छु ।’ बुद्धले आफ्नै शालिनतामा जवाफ दिए, ‘तिमीसँग एक अनुहार छ, कसैलाई पनि मुस्कान दिन सक्छौ ।”
“तिमीसँग एउटा मुख पनि छ, कसैको प्रसंसा गर्न र मिठो बोल्न सक्छौ ।” “तिमीसँग दुई हात छ, आवश्यक पर्दा जो कोहीलाई पनि सघाउन सक्छौ । यो सबै तिमीसँग छ, तिमी कसरी गरीब भयौ रु गरिबी तिम्रो मनमा छ । मनबाट यो भ्रम निकाली देऊ, तिम्रो गरिबी आफैँ हटेर जानेछ ।’

त्यसपछि ऊ पनि अरुजस्तै उर्जावान भएर फर्कियो । उसको गरिबी त बुद्धको कुरा सुन्दा नै भागिसकेको थियो । त्यसपछि उसले कहिल्यै गरिबीको अनुभव समेत गरेन । बाँकी जिन्दगी सुखपूर्वक बित्यो । त्यसैले आजैबाट आफ्नो मनको गरिबीलाई हटाउनुस्, अहिल्यै तपाईं आफूलाई धनी महसुस गर्न थाल्नुहुनेछ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.