छुटेका कानून व्यवसायीहरुलाई कोरोनाको दोश्रो डोज

काठमाडौ/कानून व्यवसायीहरुलाई कोरोनाको दोश्रो डोज लगाउने कार्य सकिएको छ । दोस्रो डोज लगाउन छुटेका कानुन व्यवसायीहरुलाई आइतबार खोप दिइएसंगै खोप लगाउने कार्य सम्पन्न भएको हो । बार एसोसिएसनको भवनमा उनीहरुलाई खोप लगाउने व्यवस्था गरिएको थियो । यतिबेला प्राथमिकताका आधारमा दोस्रो डोज खोप लगाउन छुटेकाहरूका लागि खोप कार्यक्रम सञ्चालन भइरहेको छ । तर सरकारले लाखौ विद्यार्थीको भविष्य निर्माता शिक्षकलाई कोरोना खोपको प्राथमिकतामा नराखेपछी विरोध हुँदै आएको छ ।
Comments are closed.