web analytics

कञ्चनपुरमा अशक्त युवतिमाथी सामुहिक बलात्कार

कञ्चनपुर/कञ्चनपुरमा अशक्त युवतिमाथी सामुहिक बलात्कार
भएको छ । जिल्लाको वेदकोट नगरपालिका–५ धरमपुरकी १९ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार भएको छ। धरमपुर स्थित मुक्त्तकमैया शिविरकी ती किशोरीमाथी बिहीबार बलात्कार भएको हो ।
नसालु पदार्थ खुवाएर स्थानीय दुई युवाले उनलाई सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले जानकारी दिए ।
बलात्कारमा संलग्न भएको आरोपमा सोही ठाउँका २२ वर्षीय धन बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ । अर्का एक युवा फरार रहेका थापाले बताए। ‘घटनामा दुई जनाको संलग्नता रहेको खुलेको छ ।
एक जनालाई नियन्त्रणमा लिएका छौँ,’ डिएसपी थापाले भने, ‘अर्का आरोपीको खोजी भइरहेको छ।’ बलात्कार आरोपीको खोजीका लागि प्रहरी परिचालन गरिएको उनले बताए।
‘नसालु पदार्थ खुवाएर बलात्कार गरेको खुलेको छ । घटनाको थप अनुसन्धान भइरहेको छ,’ डिएसपी थापाले भने ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.