web analytics

कोरोनाको डरलाग्दो नयाँ भेरियन्ट “कप्पा” नेपालमा पनी फेला पर्‍यो

काठमाडौं/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा प्रेस विज्ञप्ती जारी गर्दै नेपालमा कोरोना भाइरसको नयाँ म्युटेसन कप्पा फेला परेको जनाएको छ ।
मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीद्वारा प्रेसित विज्ञप्तीमा गत वैशाख २६ देखि जेठ २० गतेसम्म देेेशका विभिन्न भागहरुबाट विभिन्न उमेर समूह            हरुबाट संकलित नमूनाहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ४८ वटा नमूनाहरु विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित इन्स्टिच्यूट अफ जेनोमिक्स एण्ड इन्टेग्रेटिभ बायोलोजीमा सिक्वेन्सिङका लागि जेठ २६ गते पठाइएको थियो ।
‘उक्त नमूनाहरुको जिनोमिक पहिचान गर्दा ४७ वटा नूमनामा डेल्टा भेरियन्ट (बि.१.६१७.२) पुष्टि भएको छ भने एउटा नूमनामा अल्फा भेरियन्ट (बि.१.१.७) पुष्टि भएको छ’, विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमूनाहरुमध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेशन भेटिएको छ, जसलाई एवाइ.वान नाम दिइएको उल्लेख छ ।
‘हालसम्म यो म्युटेशन नेपालसहित संसारका १० भन्दा बढी राष्ट्रहरुमा पनि पुष्टि भएको जानकारी छ, विज्ञप्तीमा भनिएको छ–‘यी सहित हालसम्म नेपालमा भेरियन्ट अफ कन्सर्टका रुपमा अल्फा (बि.१.१.७) र डेल्टा (बि.१.६१७.२) भेरियन्ट तथा भेरियन्ट अफ इन्ट्रेस्टका रुपमा कप्पा भेरियन्ट (बि.१.६१७.१) पुष्टि भएको छ । यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको छ ।’
मन्त्रालयले संक्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न, गराउन भूमिका बढाउन सबैको जानकारीलाई विनम्र अपील गरेको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.