web analytics

बैजनाथका आठ कृषक सम्मान !

साउन १

कृष्ण बहादुर बुढा

बाँके /बाँकेको बैजनाथ गाउँपालिकाले उत्कृष्ट कृषकहरुलाई सम्मान गरेको छ । गाउँपालिकाले आठ जना कृषकहरुलाई दोसल्ला र प्रमाण पत्र द्धारा सम्मान गरेको हो ।

सम्मान हुनेमा बैजनाथ १ तुल्सिराम थारू वडा न २ लक्ष्मी कडेल वडा न ३ निराजन के.सी वडा न ४ रामचन्दर् थारू वडा न ५ सन्त वीर सुनार वडा न ६हिरामणि रानामगर वडा न ७ कमलदैया थरूनी र वडा न ८ का सुमन चौधरी लाई सम्मान गरेको हो । सम्मान हुने कृषकहरुले व्यवसाय रुपमा काम गर्दै अरु लाई समेत स्वरोगार बनाएका छन् ।

सम्मान कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले उत्पादन संगै आर्थिक रुपान्तरणमा तपाइहरुको योगदानको कदर गर्दै सम्मान गरिएको बताए । रुचालले कृषिमा यान्त्रीकरण गर्दै आर्थिक रुपान्तरमा क्रियाशिल हुन आवश्यक रहेको समेत बताएका थिए ।

  • कार्यक्रममा बैजनाथ कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले कृषि क्षेत्रमा उर्जावान र सक्रिय किसानहरुलाई सम्मान गरिएको जानकारी दिए । सम्मान कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत , गाउँपालिका उपाध्यक्ष वडा अध्यक्ष लगाएतको सहभागिता रहेको थियो ।
Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.