web analytics

बर्दियाको बाँसगढीमा तरकारी हाट बजार सञ्चालनमा !

कृष्ण बहादुर बुढा

साउन २१

बर्दिया /बर्दियाको बाँसगढी बजारमा तरकारी तथा फलफुल हाट बजार सञ्चालनमा आएको छ । बुधबारदेखि बाँसगढी बजारमा हाम्रो एकीकृत कृषि सहकारी संस्थाले हाट बजार सञ्चालनमा ल्याएको हो । खासगरी स्थानीय स्तरमा उत्पादन भएका तरकारी तथा फलफुललाई व्यवस्थित रुपमा बजारसम्म पुर्‍याउन का लागि हाट बजार सञ्चालनमा ल्याइएको सहकारी संस्थाका अध्यक्ष गोविन्द प्रसाद उपाध्यायले जानकारी दिए ।

‘हामीले अहिलेलाई स्थानीय स्तरमा नै उत्पादित तरकारी तथा फलफुललाई नै ध्यानमा राखेर हाट बजार सञ्चालनमा ल्याएका हौं’ उनले हाट बजारबारे जानकारी दिदैं भने, ‘आगामी दिनमा अझै यसलाई व्यवस्थित गर्दै लैजाने हाम्रो लक्ष्य रहेको छ ।’ हाट बजारमा पहिलो प्राथमिकता स्थानीय उत्पादनलाई दिइने हाट बजार सञ्चालन गरिरहेको एकीकृत कृषि सहकारी संस्थाले जनाएको छ ।

संस्थाले बाँसगढी क्षेत्रका सबै कृषकहरुलाई आफुले उत्पादन गरेका कृषिजन्य सामग्रीहरु हाट बजारमा ल्याएर बिक्री वितरण गर्न समेत आग्रह गरेको छ । ‘हामी स्थानीय उत्पादनलाई नै पहिलो ध्यानमा राखेका छौं’ संस्थाका अध्यक्ष उपाध्यायले भने, ‘सबै किसानहरुलाई आफुले उत्पादन गरेका कृषिजन्य सामग्रीहरु हाट बजारमा ल्याएर बिक्री वितरण गर्न सक्नुहुनेछ ।’

स्थानीय स्तरमा उत्पादन भएका किसानका तरकारी तथा फलफुल हाट बजार हुँदै सबैको भान्सामा पुग्ने वातावरण बनाइने सहकारी संस्थाका व्यवस्थापक मनमोहन अधिकारीले जानकारी दिए । साताको दुई दिन बुधबार र शनिबार हाट बजार लाग्ने एकीकृत कृषि सहकारी संस्थाले जनाएको छ । अन्य दिनहरुमा भने सोही ठाउँमा नै तरकारी तथा फलफुलको होलसेल हाट बजार सञ्चालन हुनेछ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.