web analytics

बाँसगढिमा धान दिवस को अवसरमा कृषक लाई सम्मान !

कृष्ण बहादुर बुढा

असार १५

बर्दिया /बर्दियाको बाँसगढी नगरपालिकाले १८ औँ राष्ट्रिय धान दिवसको अवसरमा युवा किसानलाई सम्मान गरेको छ । ‘धान उत्पादनमा समृद्धि’ खाद्य सुरक्षा, आत्मनिर्भरता र सम्बृद्धि’ भन्ने नारा साथ देशभर मनाइएको दिवसको अवसरमा नगरपालिकाले युवा किसानलाई सम्मान गरेको हो । नगर क्षेत्रमा बाह्रैमास कृषि पेसा अलाग्दै आएका युवा, महिला, जनजाति तथा दलित समुदायका कृषक रहेको नगरपालिकाले जनाएको छ ।

सम्मानीत हुनेमा तरकारी खेती तर्फ सावित्री पौडेल, च्याउ खेती तर्फ रविन कुमार थारु तरकारी खेती तर्फ नै सूर्य नेपाली, भत्तु थारु पशु पालन तर्फ विजय भण्डारी र सन्दिप थारु रहेका छन् । उनीहरुलाई नगद् पाँच हजार सहित दोसल्ला औढाएर सम्मान गरिएको हो ।

धान दिवसको अवसरमा आयोजित १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७८ तथा उत्कृष्ट कृषक सम्मान कार्यक्रम बाँसगढी नगरपालिका जेष्ठ तथा पुराना किसान सिताराम थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सोही अवसरमा नगरपालिकामा यान्त्रीकरण मार्फत रोपाइ प्रारम्भ गरिएको नगर प्रमुख शालिकराम अधिकारीले बताए । उनका अनुसार दिवसको अवसरमा युवाहरुलाई कृषिमा आकर्षित गर्ने उद्देश्यले उक्त पेसामा आवद्ध युवाहरुलाई प्रोत्साहन गर्नको लागि सम्मान गरिएको थियो । उनले किसानलाई प्रोत्साहन गर्ने बाँसगढी नगरपालिकाको नीति रहेको बताए । उनले आर्थिक समृद्धिको आधार कृषि क्षेत्र भएको भन्दै आगामी दिनमा पनि कृषिलाई प्राथमिकता दिएका काम गरिनेछ ।

‘कृषिमा यान्त्रीकरण र आधुनिकिकरण गर्नका लागि नगरपालिका वर्षेनी बजेट तथा कार्यक्रम ल्याउने गरेको उनको भनाइ छ । कृषि हाम्रो पहिलो प्राथमिकता हो ।कृषिको विकास गर्नको लागि कृषकको सम्मान हुन आवश्यक छ ।

त्यसैले स्थानीय सरकारको तर्फबाट हाम्रो सहयोग सदैब रहनेछ ।’ बाँसगढी नगरपालिकामा रसायनिक मललाई विस्तापित गर्दै नगरका १९ वटा ठाउँबाट जैविक मल उत्पादन बढाउने र माटोको उर्वरा शक्तिलाई सुधार गर्न कृषि योग्य बनाउने कार्यक्रम ल्याइएको बताए ।

उक्त अवसरमा बोल्दै नगरप्रमुख अधिकारीले भने । यस्तै नगर उप प्रमुख शुष्मा थारुले पनि महिलाहरु पनि कृषि पेशा मार्फत आर्थिक रुपमा शसक्त बन्न सक्ने बताइन् । उनका अनुसारका अनुसार कृषि क्षेत्रको विकास र महिलाहरुको शसक्तिकरणका लागि नगरपालिकाले कृषक मैत्री बजेट र नीति समेत ल्याएको छ ।

कार्यक्रममा राप्रपाका प्रतिनिधि श्रीधर शर्माले कृषि क्षेत्रमा किसानहरुको आर्कषण बढाउन आवश्यक रहेकोमा जोड दिए । बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीउ र मतखातको व्यवस्था गर्नुपर्ने उनले बताएका छन् । उक्त कार्यक्रममा ८६ जनाको सहभागिता रहेको थियो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.