बर्दिया बन्यो पुर्ण खोप सुनिश्चित जिल्ला !

साउन २
कृष्ण बहादुर बुढा
बर्दिया/बर्दियालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको छ । एक कार्यक्रमका बीच बर्दियालाई बिहीवार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको
थियो । जिल्लाका ८ वटै पालिकाका जन्मेदेखि १५ महिना मुनिका तथा १६ देखि २३ महिना मुनिका बालबालिकाले खोप पाइसकेकाले पूर्ण खोप जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय बर्दियामा प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।
‘प्रत्येक पालिकामा रहेका बालबालिकाको खोजी गरी खोपको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई समेत खोपको पहुँचमा पुर्याई उनीहरुले सबै खालका खोप पाएपछि घोषणा गरेका हौं’ उनले भने । यसअघि जिल्लाका ८ स्थानीय तहले छुट्टाछुट्टै रुपमा पूर्ण खोपयुक्त घोषणा गरेका थिए ।
बालबालिका देशका मेरुदण्ड भएकाले पनि खोपको प्राथमिकतामा राखी राज्यले यो ‘खोज र खोप’ अभियानको शुरुवात गरेको छ । यसको सुनिश्चिततालाई स्थायित्व दिनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्नुपर्ने पनि जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गिरीले बताए ।
सो अवसरमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवम् प्रदेश पूर्ण खोप समन्वय समितिका अध्यक्ष डा. विकास देवकोटाले लुम्बिनी प्रदेशमा ११ औँ जिल्लाभित्र परेको बर्दिया परेको बताए ।
उनले बालबालिका देशका मेरुदण्ड भएकाले पनि खोपको प्राथमिकतामा राखी राज्यले यो ‘खोज र खोप’ अभियानको शुरुवात गरेको र यसको सुनिश्चिततालाई स्थायित्व दिनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्नुपर्ने दाबी गरे । यस्तै जिल्ला खोप समन्वय समितिका अध्यक्ष शंकर थारुले खोप कार्यक्रमको प्रभावकारिता वृद्धि गर्न अनुगमन र सर्वेक्षणलाई थप सशक्त पारिने उल्लेख गरेका थिए ।
खोपकै कारणले नेपालीहरूको औषत आयु ४० वर्षबाट बढेर हाल ७० वर्ष पुगेको दाबी गरिएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले यो बर्दिया जिल्लाका लागि एउटा सकारात्मक सूचक भएको बताउँदै अबका दिनमा गुणस्तरीय जीवनका लागि ध्यान दिँदै कार्य गर्नुपर्नेमा जोड दिए ।
Comments are closed.