निर्देशक अशोक बि.क.द्वारा निर्देशित “हङकङको सारी-२ कुर्ता”ले दस दिनमै कमायो तेह्र लाख भ्यूज

काठमाडौ /३ साउन
कञ्चनपुरमा जन्मीहुर्की हाल काठमाडौलाई कार्यक्षेत्र बनाई काम गरीरहेका फिल्म निर्देशक अशोक बि.क.द्वारा निर्देशित “हङकङको सारी-२ कुर्ता “नामक म्युजिक भिडियोले दशदिनमै तेह्र लाख भ्युज कमाउन सफल भएको छ । म्युजिक भिडियो निर्देशनको क्षेत्रमा पुराना नाम चलेका कलाकारदेखी नयाँ कलाकार सम्म सबैसँग काम गरेका निर्देशक बि.क. सफल निर्देशक मानिन्छन् । उनले सयौं म्युजिक भिडियो निर्देशन गरीसकेका छ्न ।
पछिल्लोपटक उनले निर्देशन गरेको “हङकङको सारी-२ कुर्ता” बोलको गीतमा तिलक ओलि र समिक्षा अधिकारीको आवाज रहेको छ । शब्द र संगित तिलक ओलिकै रहेको छ । भिडियोमा चर्चित कलाकार शंकर बिसी र शिल्पा पोखरेलको अभिनय देख्न सकिन्छ । भिडियोलाई प्रकाश खडकाले खिचेका हुन भने सम्पादन र रंग संयोजन राजकुमार मगरले गरेका हुन । राजकुमार फिल्मस् को पोस्ट प्रोडक्सनमा बनेको सो भिडियो “तिलक ओलि अफिसियल” नामक युटुब च्यानलमा हेर्न सकिन्छ ।
भिडियो हेर्नुस्
Comments are closed.