web analytics

वाईसीएल बाँके संयोजक कार्कीलाई मातृशोक, हत्याको आशंका !

साउन ३

बाँके /बाँकेको कोहलपुरमा एक महिलाको हत्या भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ११ मा गएराती ८२ वर्षीया साउनी कार्कीको हत्या भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृतक कार्की माओवादीको युवा संगठन वाईसीएल बाँकेका संयोजक आकाश कार्कीको आमा रहेको खुल्न आएको छ ।

कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार धाराको ह्याण्डीलले टाउकोमा हानेर कार्कीको हत्या भएको प्रारम्भीक अनुसन्धानले देखाएको छ । आफ्नै ओछ्यानमा सुतिरहेको अवस्थामा कार्कीको हत्या गरी हत्याराले उनको साथमा रहेको गरगहना र केही नगद समेत लगेर गएको खनालले बताए । यद्यपी के कारणले हत्या गरीएको भन्ने बारे अझैं खुल्न नसकेको र प्रहरीले अनुसन्धान अगाडी बढाएको खनालले जानकारी दिए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.