web analytics

भौतिक रुपमा गला मिल्न नपाए नि शुभकामना ओइरो सामाजिक सन्जालमा !

 

कृष्ण बहादुर बुढा

साउन ६

बाँके / इस्लाम धर्मावलम्बीले बकर इद (इदु उल अजहा) का दिन समान्य अवस्थामा नेपालगन्जको बीपी चोकस्थित ईदगाह मस्जिदमा नमाज पढ्नेको भिड लाग्थ्यो । मस्जिदमा नअटाएर बीपी चोक क्षेत्रको फोरलेन सडक बन्द गरेर नमाज पढ्ने गरिन्थ्यो । नमाजपछि एकअर्कासंग गला मिलेर शुभकामना दिईन्थ्यो । तर कोरोनाका महामारीका कारण गला मिल्न सम्भव भएन । मस्जिदमा निकै कमले नमाज पढे । फरक धर्मका व्यक्तिहरु पनि बीपी चोकमै पुगेर गला मिलेर ईदको शुभकामना दिने पुग्थे । भोतिकरुपमा गला मिल्न नपाएपछि शुभकामनाको ओइरो समानिक सन्जालमा ओइरो लागेको छ । मोबाईल एसएमएस, भाइबर, फेसबुक म्यासेन्जर लगायतका सामाजिक सन्जालबाटै गला मिल्ने र इदको शुभकामना आदानप्रदान भइरहेको छ । नेपालगन्जका पुराना पत्रकार सिराजुद्दिन खानले भौतिकरुपमा शुभकामना आदानप्रदान गर्न नपाएपनि सामाजिक सन्जालमा शुभकामना आदानप्रदानको ओइरो लागेको बताए । सामाजिक सन्जालका विभिन्न माध्यमबाट शुभकामना आउने क्रम जारी छ, उनले भने ।

जनता सामाजबादी पार्टीका नेता तथा पुर्बमन्त्री ईस्तियाक राईले सामाजिक सन्चाजल मार्फत ईदको शुभकामना दिएका छन् । नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले ईदको शुभकामना दिंदै कोरोनाबाट सचेत रहन आग्रह गरेका छन् । गत वर्षदेखि कोरोनाका कारण घरमै पर्व मनाउन मुस्लिम अगुवाहरुले आग्रह गरेका छन् ।
तर कोरोनाको कहर सुरु भएको दुई वर्षयता धार्मिक शहरको परिचय बनाएको नेपालगन्जमा पर्वहरुमा खासै रौनक टाउन सकेको छैन ।

बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् । धार्मिक मान्यताअनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेशलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग )जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यतालाई अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको पाइएको छ ।

निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लासँग मनन्नत मागेका थिए र भनेका थिए यदि अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नु पर्छभन्दा उनले धेरै जनावर कुर्बानी त गरे तर अल्लााह खुशी भएको थिएनन् । अन्तिममा उनले आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उहाँको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो । कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई ए आफ्ना इष्टमित्रलाई र अर्को भाग आफू खानुपर्ने धार्मिक मान्यता छ । कोबकर इदको अबसरमा सरकारले सार्बजनिक बिदा दिएको छ

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.