web analytics

बर्दियामा दुई वर्षीया बालिकासहित आज ३५ संक्रमित थपिए !

 

साउन २६

बर्दिया / बर्दियामा आज कोरोना भाइरसका ३५ जना संक्रमित थपिएका छन ।

२ वर्षीया बालिकासहित ७९ वर्षीय जेष्ठ नागरिकसम्म संक्रमित भएका छन् । ठाकुरबाबा नगरपालिका–५ की २ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढी ठाकुरबाबा नगरपालिकाका संक्रमित छन् ।

आज थप भएका मध्ये ३४ जना ठाकुरबाबा नगरपालिकाका हुन् भने एकजना बढैयाताल गाउँपालिकाका भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो । योसँगै बर्दियामा आजसम्म संक्रमितको संख्या ८ हजार ६० पुगेको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.