web analytics

बर्दिया मा करिब सत्र लाख बराबरको अवैध केराउ बरामद !

 

भदौ ३

बर्दिया / गुलरियामा ठुलो परिमाणको अन्दाजि करिब सत्र लाख बराबरको अवैध केराउ प्रहरीले बरामद गरेको छ ।

गुलरियाबाट चोरी निकासी गरी भन्सार छलि भारततर्फ अवैध रुपमा लैजाने क्रममा प्रहरीले ठुलो परिमाणमा केराउ बरामद गरेको छ । भने चोरी निकासी गर्ने संलग्न व्यक्तिहरु फरर रहेको मथुरा प्रहरी नायव निरिक्षक खड्क बहादुर डाँगीले जानकारी दिएका छन ।

प्रहरी नायव निरिक्षक डाँगीका अनुसार, राती करिब १२ः३० बजेको समयमा विशेष सुचनाको आधारमा सिमा प्रहरी चौकी मथुराबाट खटिएको टोली चेकजाँच गर्नै क्रममा गुलरिया नगरपालिका वडा नं. १० स्थित विनोद बर्माको मिल अगाडी लोड गरी भारत तर्फ लैजाँदै गर्दा त्यही समयमा प्रहरीे लाई देख्दा संलग्न व्यक्त्तिहरु फरर भएको र उनिहरुसंग भएको अवैध १६८.७५ क्विन्टल केराउ र ८ थान साईकल आदि प्रहरीले बरामद गरेको बताए ।

बरामद गरेको अवैध सामानहरु थप आवश्यक काम कारबाहीको लागि राजापुर भन्सार कार्र्यालय गुलरिया बर्दियामा पठाईएको जानकारी दिए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.