web analytics

खोलाले कार बगाउदा चार को मृत्यु एक घाइते !

 

भदौ १७

दाङ /दाङमा खोलाले कार बगाउँदा चार जना महिलाको मृत्यु भएको छ भने एकजना चालक गम्भीर घाइते भएका छन् ।

जिल्लाकाे घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित सिस्ने खोलाले ३–०१–०२४ च ४४४० नम्बरको कार बगाउँदा ४ महिलाकाे ज्यान गएकाे हाे । कारलाइ खाेलाले गएराति करिब १० बजेर ५० मिनेटमा बगाएको थियो ।

खोलाले कार बगाउँदा घोराही उपमहानगर १३ की ४० वर्षीया रितामाया पुन, सोही ठाउँकी ३५ वर्षीया सुशीला श्रेष्ठ, घोराही १५ की ३३ वर्षीया राधा कुँवर, सोही ठाउँकी ४३ वर्षीया बिमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।

मृतक राधा र शुसिला घोराही उपमहानगरपालिका वडा नम्बर १६ का वडा सदस्य जगत श्रेष्ठका छोरीहरु हुन ।

गम्भीर घाइते हुनेमा कारका चालक घोराही १३ का ४३ वर्षीय नरबहादुर पुन रहेका छन् । उनको दायाँ खुट्टा, ढाड र बायाँ हातमा चोट लागेको छ। उनकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

खोलाले बगाएकाहरूको शव झन्डै तीन किलोमिटर तल घोराही १७ बेलभार भन्ने ठाउँमा फेला परेकाे हाे । उनीहरूमध्ये दुई जना चालकका आफन्त हुन् ।

उनीहरू नेपालगञ्जमा सपिङ गरेर फर्कंदै गर्दा खोलामा आएको भेलमा परेका थिए । शवलाई पोस्टमार्टमका लागि राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.