web analytics

बेलौरीको बन्दातालमा डुबेर एक सशस्त्र प्रहरीको  मृत्यु

कञ्चनपुर, ३० भदौ ।
बेलौरी नगरपालिकामा पर्ने बन्दातालमा डुबेर एक सशस्त्र प्रहरीको  मृत्यु भएको छ । बुधबार अपराह्न बन्दातालमा डुबेर बेलौरी नगरपालिका वडा नम्बर ३ पडाव बस्ने २५ वर्षीय सशस्त्र प्रहरी जीत बहादुर चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिनुभयो । बन्दातालमा डुबेको खबर पाए लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवाहरूको संयुक्त टोली उद्धारमा खटिएको थियो ।  शव परीक्षणका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा राखिएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.