web analytics

पर्सा प्रहरीले वीरगंजको केपी ज्वेलर्सवाट स्रोत नखुलेको साढे ३८ लाख रकम सहित २ जना पक्राउ !

 

भदौ ३१
विरगंज /जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाको माईस्थान चौकबाट हुण्डी कारोबार गर्ने २ व्यक्तिलाई ३८ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ |

पर्सा प्रहरीले वीरगंज महानगरपालिका ६ बस्ने वर्ष ४५ का कन्हैया प्रसाद सोनार र सोही ज्वेलर्समा काम गर्ने बाराको परवानीपुर गाउँपालिका वडा नं.३ बस्ने बर्ष २० का दिपक कुमार सर्राफलाई स्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिएको हो ।

प्रहरीले विशेष सुचनाको आधारमा वीरगंज महानगरपालिका वडा नम्बर ६माईस्थान चौक स्थित कन्हैया प्रसाद सोनारले आफ्नै घरमा संचालन गरेको के.पी.ज्वेलरी भित्र अवैध वित्तीय कारोबार (हुण्डी) भइरहेको भन्ने प्राप्त सूचना को आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको सडा पोशाकको टोली एवम क्राईम ब्रान्च प्रमुख प्रहरी नायब निरीक्षक बिनोद सिंहको कमाण्डमा उक्त ज्वेलर्स भित्र रितपुर्वक खानतलासी गर्दा श्रोत नखूलेको नेपाली नगद ३८ लाख ५१ हजार १ सय रुपैयाँ बरामद गरेको हो ।

बरामद भएका नगद सहित संचालक र काम गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी गराए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.