web analytics

पुनर्वासको आईबिआरडी बजारमा “मास्क खोइ?”कार्यक्रम

कञ्चनपुर/प्रहरी दिवसको अवसर पारेर
पुनर्वासको आईबिआरडी बजारमा “मास्क खोइ?”कार्यक्रम सञ्चालन गरिएको छ ।
ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती‌ र सँगसँगै नेपालको संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा मास्क तथा सेनीटाईजरको उपादेयताको बारेमा प्रकाश पारीनुका साथै बजारमा मास्क नलगाई हिडिरहेका व्यक्तिहरुलाई मास्क वितरण गरीएको थियो । पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापा, इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तिका ईञ्चार्ज कैलाश सिंह बिष्ट, सँगसँगै अभियानका अभियन्ताहरु रुपेश बि.क., हिमेश थापा लगायतका व्यक्तिहरुको त्यस अवसरमा उपस्थिति थियो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.