मोटरसाइकल गोरु गाडासंग ठोकिएपछी…..
कैलाली/कैलालीमा मोटरसाइकल गोरु गाडासँग ठोकिएको छ। जोशीपुर गाउँपालिका -४ स्थित भित्रि सडकखण्डमा ५१ वर्षीय बिसराम चौधरीको गोरु गाडासँग से२प ६५४१ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार मोटरसाइकल चालक सोही वडाको मवाहीका ३८ वर्षीय दीपकराम चौधरी घाइते भएका छन्। उनलाई स्थानीय रवि हेल्थ क्लिनिकमा सामान्य उपचारपछि कोहलपुर मेडिकल कलेज रेफर गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 



Comments are closed.