पुनर्वासमा लागू औषध सहित दुईजना पक्राउ
कञ्चनपुर/ पुनर्वासबाट लागू औषध सहित दुई जना युवक पक्राउ परेका छन । शनिवार बेलुका करिब साँढे पाँच बजे पुनर्वास ४ आनन्द बजार(गोविन्द बजार) बाट सशस्त्र प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका वार्ड नं. ६ लालपुर बस्ने २५ बर्षिय नरेश खड्का र साेही गोदावरी ४ खैरानी बस्ने २६ बर्षिय कृष्ण सार्की रहेका छन । सशस्त्र प्रहरी नायब निरिक्षक गँगादत्त बाेगटीकाे कमाण्डमा खटिएकाे गस्ती टाेलिले भारत बाट नेपाल आउँदै गरेकाे से ४ प ९६७८ नम्बरकाे माेटरसाईकललाई शँका लागि खानतलासी गर्दा हेल्मेटमा लुकाई राखेकाे अवस्थामा नाईट्राभेट-१० नामक लागू औषध बरामद गरिएकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।
बरामद गरिएकाे लागू औषध सहित माेटरसाईकल र पक्राउ परेका युवकलाई थप अनुसन्धान तथा कार्वाहिका लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा पठाईएकाे सशस्त्र प्रहरी बाेर्डर आउट पाेष्ट पुनर्वासका प्रहरी निरिक्षक निम भण्डारीले जानकारी गराउनु भयाे ।




Comments are closed.