बर्षातका कारण कञ्चनपुरका डेढ सय घर डुब्यो
कञ्चनपुर/आइतबारदेखिको वर्षाका कारण कञ्चनपुरका डेढ सय बढी घर डुबानमा परेका छन् ।
महाकाली नदीले सतर्कता तह पार गरेपछि तटीय क्षेत्रका बस्ती डुबानमा परेका हुन्। जिल्लाको भीमदत्त र दोधारा चाँदनी नगरपालिकाका घरहरु डुबानमा परेका छन्। भीमदत्तको ओदाली, ऐरीका करिब १ सय घर र र दोधारा चाँदनीको कुतियाकबर, शान्ती टोल, निसानी टोलका ६० घर डुबानमा परेका बताइएको छ ।
ब्रह्मदेव बजारदेखि झोलुङ्गे पुलसम्म नदी किनारका बस्तीमा पानी पसेको र मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए। महाकाली नदीमा पानीको बहाव ३ लाख ९१ हजार क्युसेक पुगेको उनले बताए।



Comments are closed.