बहाई धर्मावलम्बीहरुको ११ औ पश्चिम क्षेत्रिय अधिवेशन सुरु (फोटो फिचर सहित)
-हेमन्त प्रकाश बुढा कञ्चनपुर/२६ कार्तिक ।
शुक्लाफाँटा नगरपालिकामा बहाई धर्मावलम्बीहरुको ११ औ पश्चिम क्षेत्रिय अधिवेशन सुरु भएको छ ।
बहाई धर्माबलम्बीहरुको प्रशासनिक व्यवस्था अनुसार प्रत्येक बर्ष नोभेम्बरमा अधिवेशन हुने गर्दछ । र अधिवेशनबाट क्षेत्रिय बहाई परिषदका ९ जना सदस्यहरु निर्वाचित गरिन्छन ।
शुक्लाफाँटा ४ असैनामा सुरु भएको सो समारोहको सभापतिको रुपमा पुजा चौधरी हुनुहुन्थ्यो भने बहाई सिद्धान्त समतामुलक भएकोले विशिष्ट अतिथिमा शुक्लाफाँटा नगरपालिका ४ का वडाध्यक्ष ज्ञान बहादुर बिष्ट , सोही वडाका भलमन्सा, बुद्धिजिवी समाजसेवी , क्लबका अध्यक्ष लगायत धार्मिक संस्थाका प्रतिनिधि हुनुहुन्थ्यो।
समारोहमा आपनो शुभकामना मन्तव्य राख्दै वडाध्यक्ष बिष्टले बहाई धर्मले धार्मिक सहिष्णुतालाई ध्यानमा राख्दै सबैलाई समान व्यवहार गरेको र फुर्सदमा त्यसै खेल्ने घुम्ने बालबालिकालाई कथा खेल र गितको माध्यमबाट नैतिकता र राष्ट्रप्रेमको शिक्षा दिईरहेको बताए र शुभकामना मन्तव्यको क्रममा सहकारीका अध्यक्ष धार्मिक क्लब तथा संस्थाका अध्यक्ष र प्रतिनिधिले आपनो विचार राखेको थिए ।
११ औ अधिवेसनको उद्देश्यको बारेमा सहायक मण्डल सदस्य हेमन्त प्रकाश बुढाले स्पष्ट पारेका थिए भने बहाई फेदको बारेमा रामसाय रानाले स्पष्ट पारेका थिए । त्यसैगरी अर्का बहाई सदस्य नरेस रानाले पनि आपनो छोटो विचार राखेका थिए । आज शुक्रबार दिउँसो बजेदेखि चुनाव प्रक्रिया सम्पन्न भैसकेको र आगामी २६ नोभेम्बरमा चुनावी परिणाम आउने तथा भोलिसम्म यो अधिवेसन चल्ने आयोजकले जानकारी गराएको छ । –हेमन्त प्रकाश बुढा हाम्रै साझा पत्रिका र समाचार विशेषका समाचारदाता हुुन ।



Comments are closed.