चोरीको सुन र रकमसहित दुई पक्राउ
कञ्चनपुरमा चोरीको सुन र रकमसहित दुई पक्राउ परेका छ्न । पक्राउ पर्नेमा बेलौरी नगरपालिका–१ बस्ने अन्दाजी ३८ वर्षीय लालचन्द्र शाही ठकुरी र कैलालीको लम्किचुहा नगरपालिका–१ की अन्दाजी ३८ वर्षीया बिस्नु शाही रहेका छन्। भारतको बेङ्गलोरस्थित एउटा घरमा काम गर्ने उनीहरुले चोरी गरि भागेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरी बल र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले जनाएको छ।
लालचन्द्रको घरमा छापा मार्दा सुनका गरगहना १६३ तोला, बिदेशी मुद्रा, पत्थर र ४ थान ल्यापटप बरामद गरेको गणले जनाएको छ। पक्राउ परेका दुवैजनालाई आवश्यक कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ।



Comments are closed.