कञ्चनपुरमा अशक्त तथा अपाङ्गता भएकाहरुलाई घरमै कोरोना विरुद्धको खोप
-हरिलाल जोशी
कञ्चनपुर/ कंचनपुरको पुनर्वास र कृष्णपुर नगरपालिकामा स्वास्थ्य शाखाको समन्वयमा पुर्ण अशक्त र अपांगता भएका व्यक्तिहरुलाई घरमै गएर कोरोना विरुद्धको खोप लगाएको छ । कर्डएड , लुथरन बिश्व फेडरेसन नेपाल , राष्ट्रिय मुक्त हलिया समाज महासंघ र सर्वाङ्गिण अपांगता विकास समाज नेपालको संयुक्त साझेदारीमा अशक्त तथा अपांगता भएका ४ सय ७५ जनालाई घरदैलोमा कोरोना विरुद्धको खोप लगाएको हो ।
सो कार्यक्रममा असहाय नागरिकलाई सेवा दिएको ३ दिन ९ वडामा निरन्तर अभियान संचालन गरि २ सय ६५ महिला र २ सय जना पुरुष यसै गरि ६५ जना पुर्ण , ३ सय ५ जना अति अशक्त र ९५ जना अन्य असहाय अपांगता भएका नागरिक लाभान्वित भएको कार्यक्रमका प्राविधिक सहजकर्ता नन्दराज भट्टले जानकारी दिए।



Comments are closed.