web analytics

भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको मृत्यु

नयाँ दिल्ली/भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको बयानब्बे वर्षको उमेरमा मृत्यु भएको छ । उनी करिब एक महिनादेखि बिरामी थिइन् । उनलाई ८ जनवरीमा मुम्बईको ब्रीच क्र्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।कोरोनासँगै निमोनिया पनि भएको कारण डाक्टरले उनलाई आईसीयूमा भर्ना गरेका थिए । हिन्दी सिनेमा र संगीत जगतलाई यो खबरले स्तब्ध पारेको छ । सबैको मनपर्ने र भारतकी आवाज नाइटिंगेल लता मंगेशकरको निधनको खबरले भारतीय मनोरञ्जन जगतमा सन्नाटा छाएको छ ।
लता मंगेशकरलाई कोरोना भएको थियो
उनी करिब एक महिनादेखि बिरामी थिइन् । ८ जनवरीमा लता मंगेशकरलाई कोरोना संक्रमण भएपछि मुम्बईको ब्रीच क्र्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कोरोनासँग निमोनिया भएको थियो । उनलाई २ दिन अघिमात्र भेन्टिलेटरबाट हटाइएको थियो । त्यसपछि उनको स्वास्थ्य फेरि बिग्रन थालेपछि लतालाई भेन्टिलेटर सपोर्टमा ल्याइएको थियो।आजतकबाट ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.