भारतको तुलनामा नेपालमा पेट्रोल सस्तो भएपछि भारतीय उपभोक्ता नेपाली बजारमा
कञ्चनपुर/भारतमा भन्दा नेपाली बजारमा पेट्रोल सस्तो भएपछि भारतीय उपभोक्ताहरु नेपालमा आउन थालेका छ्न । कञ्चनपुरका भारतीय सिमा नजिकै रहेका पुनर्वास र बेलौरी नगरपालिकाका पेट्रोल पम्पमा भारतीय उपभोक्ताहरुको भीड लाग्ने गरेको छ ।
नेपाली बजारमा पेट्रोलको भाउ बढेर प्रतिलिटर १४५ पुगेको छ भने भारतिय बजारमा अहिले १५३ रुपैयाँ प्रतिलिटर रहेको छ । प्रतिलिटर आठ रुपैयाँ सस्तो भएपछि भारतीय उपभोक्ताहरु नेपालमा पेट्रोल खरिदका लागि आउने गरेका छ्न ।



Comments are closed.