web analytics

पुनर्वासमा नगरपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न,नवयुग विद्या निकेतन प्रथम

कञ्चनपुर/पुनर्वासमा नगरपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । पुनर्वास ३ स्थीत जनकल्याण मा.वि.को प्राङ्गणमा आयोजना गरिएको सो प्रतियोगिताको आयोजना पुनर्वास नगरपालिकाको शिक्षा शाखाले गरेको थियोे । त्यसैगरी प्रतियोगिता व्यवस्थापन जनकल्याण मा.वि.ले गरेको थियोे ।
पुनर्वास नगरपालिकाका बयालीस विद्यालयका कक्षा छ देखि आठसम्मका विद्यार्थीहरुले सो प्रतियोगितामा सहभागीता जनाएका थिए । र बयालीस विद्यालयबाट गत फाल्गुन २७ गते आठ विद्यालय छनौटमा परेका थिए । सोही छनौटमा परेका उत्कृष्ट आठ विद्यालय बिच आज प्रतियोगिता गराइएको हो ।
प्रतियोगितामा नवयुग विद्या निकेतन पुनर्वास १ प्रथम,सरस्वती मा.वि.मोति बस्ती द्वितीय,दुर्गा मा.वि. पुनर्वास १० तृतीय भएका थिए । त्यसैगरी पुनर्वास जनता मा.वि. पुनर्वास ६ ले सान्त्वना स्थान ल्याउन सफल भएका थिए ।
कार्यक्रम पुनर्वास नगरपालिकाका शिक्षा शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवराज भट्टको सभापतित्व,नगरप्रमुख जीवनराज थापाको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । कार्यक्रममा व्यवस्थापक विद्यालयका प्रधानाध्यापक रामनारायण कंडेल, शिक्षकहरुका साथै सहभागी विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरुको उपस्थिति  थियोे । कार्यक्रमलाई जनकल्याण मा.वि. का शिक्षक नवराज थापाले सञ्चालन गरेका थिए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.