लाखौँ मूल्यका अवैध सामान बरामद !
चैत ५
बाँके /जिल्ला प्रहरी कार्यालय बाँकेले लाखौँ मूल्यका अवैध सामान बरामद गरेको छ । कार्यालयबाट खटिएको प्रहरी टोलीले ट्राफिक चोकमा भन्सार छली चोरी पैठारी गरी ल्याइएका लाखौँ मूल्य बराबरका सामना बरामद गरिएको हो ।
कार्यालयले दिएको जानकारीअनुसार भारतीय बजार हुँदै रुपैडियाँ हुँदै अवैधरुपमा नेपालमा ल्याउँदै गरेका लत्ता कपडा, हार्डवेयरका सामान बरामद् गरिएको छ । कार्यालयका प्रहरी नायब निरीक्षक तथा सूचना अधिकारी मधुसुदन न्यौपानेले तीन लाख ४४ हजार नौ सय रुपैयाँ बराबरको सामान बरामद गरिएको जानकारी दिए । बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्जमा पठाइएको जिल्ला प्रहरी प्रहरी कार्यालय बाँकेले जनाएको छ ।




Comments are closed.