web analytics

सुनको मूल्य प्रतितोला ४०० घट्यो

काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।

यो दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन मंगलवार भने सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरि यो दिन चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ । बुधवार चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ । मगलवार भने चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो ।

यो दिन अन्तरराष्ट्रिय बजारमा भने सुनको मूल्य बढेको छ । बुधवार न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९२५ डलर शून्य ६ सेन्टसम्म पुगेको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.