पुनर्वास ३ स्थीत जनकल्याण मा.वि.मा “साईवर अपराध” सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न
कञ्चनपुर/पुनर्वास ३ स्थीत जनकल्याण मा.वि.मा “साईवर अपराध” सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको आयोजना सो कार्यक्रम भएको थियो । कार्यक्रममा प्र.स.नी. बर्म बहादुर रोकायाले विद्यार्थीहरुलाई साईवर अपराधको बारेमा जानकारी दिएका थिए ।
सामाजिक सञ्जालको प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, सामाजिक सञ्जालका फाईदा तथा बेफाइदाका बारेमा विद्यार्थीहरुले जिज्ञासा राखेका थिए ।
त्यसैगरी साईवर अपराध गर्दा हुने सजायँ र सावधानीको बारेमा समेत छलफल गरिएको थियो ।
कार्यक्रम निकै समयानुकूल र उपयोगी भएको विद्यालयका शिक्षकहरूले प्रतिक्रिया दिएका थिए ।
कार्यक्रममा कक्षा ७ देखि १२ कक्षा सम्मका करिब ३०० विद्यार्थी र शिक्षकवर्गको उपस्थिति रहेको थियो ।



Comments are closed.