पुनर्वासका सामुदायिक विद्यालयहरु आगामी चैत्र १८ सम्म विदा हुने
कञ्चनपुर, १४ चैत ।
पुनर्वासका सामुदायिक विद्यालयहरु भोलि चैत्र १५ देखि आगामी चैत्र १८ सम्म विदा हुने भएको छ । पुनर्वास नगरपालिकाले आज एक सूचना प्रकाशन गर्दै शिक्षक सेवा आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको खुला/सामावेशी प्रतियोगितात्मक परीक्षामा पुनर्वास नगरपालिका क्षेत्रका विद्यालयका अधिकांस शिक्षकहरु सहभागी हुने भएकाले विद्यालय विदा गर्नुपरेको जनाएको छ । पुनर्वास नगरपालिकाका शाखा अधिकृत शिवराज भट्टद्वारा हस्ताक्षरीत सो सूचनामा हाल दिईएको दिन ४ (चार)को विदा आगामी शैक्षिक सत्रको वर्षे विदाबाट कट्टी हुने पनि जनाईएको छ ।



Comments are closed.